मेलम्ची आयोजनाको ठेक्का तोड्ने तयारिमा सरकार



काठमाडौं –

सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालियन कम्पनी सगको सम्झौता भङ्ग गर्ने भएको छ । ठेकेदार इटालियन कम्पनी नफर्कने निश्चित भएपछि सरकारले ठेक्का सम्झौता तोड्न प्रक्रिया सुरु गरेको छ। आयोजनाको काम तत्काल अघि बढाउन नयाँ ठेकेदार नियुक्तिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगिने भएको छ। मेलम्ची खानेपानी उपआयोजनाको ठेकेदार कम्पनी सिएमसीलाई ‘लेटर अफ टर्मिनेसन’ (एकतर्फी ढंगले ठेक्का तोडेको पत्र) पठाएर काम अघि बढाउन मन्त्रिपरिषद्बाट निर्णय गर्न लागिएको हो।

खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले मेलम्चीको ठेक्का रद्द भए बाँकी काम मन्त्रिपरिषद्बाट स्वीकृत गराई नयाँ ढंगबाट अघि बढाउने दाबी गरे। सचिव ठाकुरले मेलम्ची ठेकेदार कम्पनीको धरौटी रकम जफत गरिसकेकाले आयोजना सञ्चालनमा कुनै समस्या नहुने स्पष्ट पारे। ठेकेदार कम्पनीको बैंक धरौटीबापत तीन अर्ब रकम झिकिसकिएको र अब लगत तयार पारेर बाँकी काम तीव्र रूपमा अघि बढी रहेको मन्त्रालय श्रोतले बताएको छ ।

प्रकाशित मिति : माघ ७, २०७५ सोमबार  ७ : २७ बजे