मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघ ओखलढुङ्गाको जिल्ला अधिबेशनको क्रममा हात हालाहाल :कांग्रेस नेता बाल्कृष्ण दाहाल घाइते



ओखल्ढुङ्गा-

नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ ओखल्ढुङ्गाको जिल्ला अधिबेशनको क्रममा बिबाद र हात हलाहाल समेत हुँदा ओखल्ढुङ्गा कांग्रेसका नेता बाल्कृष्ण दाहाल घाइते भएका छन । हात हालाहालामा घाइते भएका दाहालालाइ सडरमुकाम स्थित मिसन अस्पताल लागिएको छ ।

संघको जिल्ला अधिबेशन गर्ने क्रममा लिल्ला पार्टी र जिल्लाका नेबिसंघ नेता हरुले पार्टिको सस्थापन पक्ष इतरका नेताहरु र अधिबेशन गराउन गएका नेबिसंघ केन्द्रिय प्रती निधी सग समेत छलफल नगरि एक्लौटी ढङ्गले अधिबेशन गराउन खोजे पछी बिबाद र बिबाद्कै क्रममा हात्पात भएको जिल्लाका नेताहरुले बताए ।

हात हालाहालामा घाइते भएका नेता बाल्कृष्ण दाहालको मिसन अस्पतालमा चेक जाच भैरहेको पार्टिका जिल्ला नेता कुमार लुइटेलले जानकारी दिएका छन ।

जिल्ला पूर्व पार्टी शभापती गोमा केसी र नेबिसंघ पूर्व केन्द्रिय सदस्य लीला बल्लभ दाहाल माथी समेत हातपात भएको जिल्ला नेताहरुले बताएका छन ।

बिबाद पछी जिल्ला अधिबेशन हाललाइ स्थगित गरिएको नेबिसंघ केन्द्रिय सदस्य एबम केन्द्रिय प्रतीनिधी पवन नेपालिले बताए ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  ११ : ४४ बजे