मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदुरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात : गाउँघर सेताम्य बनेपछी स्थानियहरु खुशी



माघ ८,  डडेल्धुरा-

काठ्माण्डौ उपट्यका आस्पास लगायत देशका पुर्बी उच्च पहाडी क्षेत्रमा केहि समय अघाडी हिउ परेको थियो तर सुदुरपष्चिमी क्षेत्रमा भने एतिबेला हिउ पर्न शुरु भएको छ ।

डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी जिल्लामा गएराती देखि हिमपात सुरु भएकोहो ।  डडेल्धुरा सहित सुदुरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा हिमपातका कारण अत्याधिक चिसो समेत बढेको छ।

पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला लगायतका जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो। गएरातीबाट पानी परेसँगै आज बिहानदेखी हिमपात सुरु भएको हो। डडेल्धुरा सदरमुकाममा आज बिहान ५ बजेदेखी हिमपात सुरु भएको छ। उच्च लेकाली भागमा राति नै हिमपात भएको थियो ।

भिमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरा लगायतका क्षेत्रमा भारी हिमपातपछि सवारी साधन संचालनमा कठिनाई आएको छ। हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन्।

लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले धेरै राहत पुर्याएको छ। हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएको छ। बाक्लो हिउँ परेसँगै यहाँका गाउँघर सेताम्य बनेपछि किसानहरू भने खुशी भएका छन्।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ११ : २३ बजे