मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चट्याङ लाग्दा दाङमा २ स्कुले विद्यार्थी सहित ३ जना बेहोस



दाङ माघ, ९–
दाङमा चट्याङ पर्दा दुई स्कुले छात्रासहित अर्की एक महिला बेहोस भएका छन्।
मंगलबार बबई गाउँपालिका वडा नं. ५ पदमपुरस्थित जनकल्याण मावि निजकै टेलिफोनको पोलमा चट्याङ पर्दा दुई जना छात्रा बेहोस भएका हुन् ।

उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया सिया वली र १६ वर्षीया पार्वती शर्मा बेहोस भएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको दाङ प्रहरीले जनाएको छ ।

सोही चट्याङले बबई गाउँपालिका वडा नं. १ गंगटे घर भई पदमपुरमा डेरामा बस्दै आएकी १६ वर्षीया पूर्णकली ऐरी समेत बेहोस भएको प्रहरीले जानकारी दिएको छ।

तीनै जना किशोरीहरूको बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। यसैबीच मंगलबार बेलुका पौने सात बजेतिर परेको चट्याङले लागेर घोराही उपमहानगरपालिका वडा नं. ९ दुविचौरमा मन्दिर चौधरी र करविर चौधरीको १र१ वटा राँगा मरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  ७ : १३ बजे