मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कस्तो छ तपाईंको आजको राशिफल ?



काठमाडौं माघ, १०–

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । विद्याबाट विशेष लाभ हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काम बन्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साथीभाईसंग समय बित्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेम जीवन सबल र सफल रहनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सांगितीक क्षेत्रमा रुची बढ्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । वैदेशिक कार्य अघी बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक तथा धार्मिक कार्यमा रुची वढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शुभकार्यको चर्चा चल्नेछ । पुनर्मिलनको योग रहेको छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अचल सम्पत्ती हात पर्ने योगछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कूतनीतिक नियोगको सहयोग मिल्ला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आफ्नो विचार विपरित निर्णय हुनेछ । पेशागत समस्या आउला । स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । पारिवारिक सुख मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अरुलाई प्रभावित पारेर काम बन्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउला । गरेका काममा ढिलासुस्ती हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति : १० माघ २०७५, बिहिबार  १ : ५५ बजे