मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा  मोटरसाइकल चोरेर भारत लाने धन्दामा सम्लग्न तीन जना भारतीय नागरिक पक्राउ



बारा-

नेपालमा  मोटरसाइकल चोरेर भारतमा लाने  धन्दामा  सम्लग्न तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।

बिहीबार बेलुका बारा कलैया उपमहानगरपिलका १ मा पार्किङ गरी राखेको बा ५९ प ८७०९ नम्बरको सुपर स्पलेन्डर  मोटरसाइकल चोरी गरी भारततर्फ भाग्दै गर्दा उनीहरु पक्राउ परेका हुन्। बाराकै सुवर्ण गाउँपालिका ७ बडकीफूलबरिया स्थित सडकबाट पक्राउ पर्नेमा बिहार पूर्वी चम्पारण थाना दारपा ग्राम पिपराका रामनरेश प्रसाद कुशवाहा, एस र टी (प्रहरीले दिएको नाम) पक्राउ परेका हुन्।

चोरी भएको मोटरसाइकलसहित उनीहरुलाई चोरी कसुरमा बारा जिल्ला अदालतबाट दिन ७ को म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी चौकी बडकीफूलबरियाले जनाएको छ।

प्रकाशित मिति : १२ माघ २०७५, शनिबार  ६ : ०५ बजे