मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कस्तो छ तपाईंको आजको राशिफल ?



काठमाडौं माघ, १३–

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जोश जाँगर र उमंग बढ्ला । साथीभाइबाट बढी फाइदा लिने समय छ । आर्थिक कारोवारमा सफलता पाइएला । नयाँ काम सुरु गर्ने समय छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । विद्या र बुद्धिको विकास हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आकस्मिक धन लाभ हुनेछ । रमाइलो यात्रा रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मुल्याङ्कन हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा दुविधा उत्पन्न हुनेछ । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । चोटपटकको भयछ सचेत रहनुहोला । बन्न लागेको काम विग्रनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । परिवारिक सद्भाव बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) गरेका काममा ढिलासुस्ती हुनेछ । । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । सहकर्मीबाट विरोध आउला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सन्तानपक्षको मायामा कमी आउनेछ । व्यवसायमा मन्दी आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  १ : ४३ बजे