मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगरमा टिपरले लियो ११ वर्षीया बालिकाको ज्यान, आक्रोशित स्थानियले जलाए ६ वटा टिपर



विराटनगर माघ, १४–
विराटनगरमा स्थानीयले ६ वटा टिपरमाथि आगजनी गरेका छन् ।मोरङको सुन्दरहरैंचाका विराटचोकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले बाटो काट्दै गरेकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको ज्यान लिएपछि आक्रोसित बनेका स्थानीयले टिपरमाथि आगो लगाइदिएका हुन् ।
प्रहरीका अनुसार स्थानीयले विराटचोक–पुष्पलाल चोक सडक खण्डको सिसौघारीमा कुदिरहेका टिपर रोकेर आगजनी गरेका हुन् । ६ वटा ट्रकमा आगो लगाइएको बताइए पनि प्रहरीले भने ४ वटामा मात्रै आगजनी भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले आक्रोसित स्थानीयले टिपरमा आगजनी गरे पनि विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

उनीहरुले शवलाई सडकमा राखेर अहिले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनले सुन्दरहरैंचा तनावग्रस्त बनेको छ ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार  ७ : १६ बजे