मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अघिल्लो दिन घटेको नेप्सेमा आज सामान्य वृद्धि



काठमाडौं माघ, १४–
नेप्से आज सामान्य अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज दुुई दशमलव ७९ अंकले बढेर ११ सय ६४ दशमलव ८९ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव ६५ अंकले बढेर दुुई सय ४७ दशमलव २५ अंकमा पुुगेको छ । आज एक सय ६५ कम्पनीहरुको चार हजार पाँच सय ८२ वटा कारोबारमा आठ लाख ७१ हजार आठ सय २८ कित्ता सेयर किनबेच भएका छन् भने सेयर रकम २२ करोड ४३ लाख १६ हजार पाँच सय २७ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा चार वटा समुहले गुमाएपनि छ वटा समुहले कमाएका छन् । कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ९९ अंकले बढेर नौ सय ८९ दशमलव ६३ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक आठ दशमलव ६१ अंकले बढेर १४ सय ५८ दशमलव एक अंकमा पुुगेको छ । निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स र लघुबित्त पनि आज कमाउने समुहमा परेका छन् । जलबिद्युुत, उत्पादमुुलक, होटल र अन्य भने आज गुुमाउने समुहमा परेका छन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्था, महुुली सामुुदायिक लघुबित्त बित्तीय संस्था आदि परेका छन् भने गुुमाउने कम्पनीहरुको सुचीमा हाथ्वे फाईनान्स, मल्टीपर्पोस फाईनान्स आदि परेका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज सिभिल बैंकको संस्थापक सेयर, अपर तामाकोशी हाइड्रो पावर कम्पनी आदि परेका छन् ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार  १० : १७ बजे