पूर्व युवराज पारस शाहलाई फेरी मुटुको समस्या : थापाथलीस्थित नर्भिक अस्पताल भर्ना



काठ्माण्डौ-

मुटुमा समस्या देखिएपछि पूर्व युवराज पारस  शाहलाई सोमबार अपरान्ह थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ।पूर्वयुवराज पारसको एन्जियोप्लास्टी गरिएको र एन्जियोप्लास्टिकमार्फत उनको मुटुको भल्व खाेलिएकाेछ ।

हाल उनि नर्भिक अस्पतालको सीसीयूमा  होसमै रहेका छन् ।

उनलाई बरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादव देव भट्ट नेतृत्वको चिकित्सक टोलीले उपचार गरिरहेका छन्। यसअघि उनलाई दुई पटक ह्दयघात भइसकेको छ।पारस आजै दिउसो ललितपुरस्थित शिव पार्वती मन्दिरमा पुजा गर्न पुगेका थिए ।

प्रकाशित मिति : माघ १४, २०७५ सोमबार  ३ : १६ बजे