मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिनियाँ कम्पनीका कारण नेपाली व्यापारीको यार्सागुम्बा बिक्री भएन



काठमाडौं माघ, १९–
चिनियाँ कम्पनीले किलोको पाँच लाख मूल्य घटाएपछि बझाङका व्यापारीको यार्सागुम्बा बिक्री भएको छैन । बझाङमा संकलन भएको यार्सा किनेर उनीहरु काठमाडौंमा चिनियाँ व्यापारीलाई बिक्री गर्छन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

बझाङमा प्रतिकिलो १५ देखि १६ लाख परेको यार्सालाई चिनियाँ व्यापारीदले १२ लाखमा मात्रै किन्ने भएपछि नेपाली व्यापारीदे बिक्री नगरेका हुन् ।

सुर्मा गाउँपालिकाका यार्सा व्यापारी उमेश काठमाडौं पु(याएको १५ किलो यार्साको मूल्य घटेकाले बिक्री नभएको बताए ।

‘मैले जिल्लामै प्रतिकिलो १७ देखि २० लाखका दरले खरिद गरेर काठमाडौं लगेको हुँ तर चिनियाँ व्यापारीले १२ लाखमा मात्रै किन्ने भनेपछि चिन्ता लागेको छ,’ उनले भने । उनको झण्डै तीन करोडको यार्सा काठमाडौंमै थन्किएको छ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  २ : ५१ बजे