पहिरोले घर पुरिँदा अछाममा एकैघरका तीन जनाको मृत्यु, एक घाइते



पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ ।

तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो ।

अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र वुहारी हरिकला विष्टको घटनास्थलमै मृत्युु भएको हो ।

नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी दिए ।

अहिले स्थानिय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ९, २०७९ सोमबार  ८ : ५१ बजे