सुनको मुल्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य छ सय रुपैयाँले घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य छ सय रुपैयाँले घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम छ ।

आइतबार छापावाल सुन मूल्य तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको थियो ।

छापावाल सुनको मूल्य मंगलबार भने घटेर सोमबार भने सार्वजनिक बिदा भएका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : पुस १६, २०८१ मंगलबार  ११ : १६ बजे