सुनको मूल्य बढ्यो, कतिमा हूदैंछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।

बुधबार १ लाख ५१ हजार रुपैयाँमा कारोवार भएको छापावाला सुन आज बढेर १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोवार भएको चाँदी आज २५ रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रकाशित मिति : पुस १८, २०८१ बिहीबार  १० : ४७ बजे