काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) ५.०८ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ०.१९ प्रतिशतले वृद्धि भएर २६१३.०८ विन्दुमा पूगेको हो ।
आज नेप्से परिसूचक बढे पनि कारोबार रकममा कमी आएको छ । ३८ करोड रुपैयाँले कमी आएको नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ले जनाएको छ ।
मन्दाकिनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंकको ८.०६, न्यादी हाइड्रोपावरको ७.५३, सीएचडीसीको ६।९३, नेपाल पुनर्बीमाको ५ .८२, हिमालयन पावर पार्टनरको ५.५४, मुक्तिनाथ कृषि कम्पनीको ४.७ तथा हिमालयन एभरेस्ट इन्स्योरेन्सको मूल्य ४.३२ प्रतिशत मूल्य बढ्यो ।
यसदिन १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको सेयर मूल्य घटेको र आठ कम्पनीको सेयर मूल्य स्थिर छ रहेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।










