आईतबार सेयर बजार १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) १०.४१ अंकले घटेको छ । आज नेप्से परिसूचक ०.३९ प्रतिशतले घटेर २६४३.९३ विन्दुमा पूगेको हो ।

फाइनान्स सेक्टर सबैभन्दा धेरै ४.७४ प्रतिशत घट्यो । विकास बैंक ०.५९, हाइड्रोपावर ०.५४, माइक्रोफाइनान्स ०.७५ र अन्य ०.छ०३ प्रतिशत बढे । बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.२७, लगानी ०.५०, जीवन बीमा ०.६१, उत्पादन १.६६, निर्जीवन बीमा ०.६७ तथा व्यापार समूह ०.७५ प्रतिशत घटेको छ । ्

११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ कम्पनीको सेयर मूल्य घटेको छ र ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : माघ १३, २०८१ आईतबार  ३ : ४५ बजे