बुधबार सामान्य अंकले बढ्यो सेयर बजार, ८ अर्ब ७१ करोडको कारोबार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) १.८६ अंक बढेको छ । बुधबार सो अंकको वृद्धिपछि नेप्से २६८५ अंकमा पूगेको छ ।

यस दिन ८ अर्ब ७१ करोडको सेयर कारोबार भएको छ । जीवन बीमा ०.४८ प्रतिशत बढ्यो । बैंकिङ ०.०९, होटल तथा पर्यटन ०.६३, हाइड्रोपावर ०.०४, उत्पादन ०.३१, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.०३, अन्य ०.४७ र व्यापार समूह ०.९१ प्रतिशत घटे ।

यस दिन १३४ कम्पनीको मूल्य बढ्दा ९९ को घट्यो भने ११ को स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : माघ ३०, २०८१ बुधबार  ३ : ४१ बजे