काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार(नेप्से) ३.१४ अंकले बढेर २७४३.७४ विन्दुमा पूगेर बन्द भएको छ ।
यस दिन आठ अर्ब ६२ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ ०.५५, विकास बैंक ०.५२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३१, हाइड्रोपावर ०.७५, लगानी ०.३७, उत्पादन ०.८१, माइक्रोफाइनान्स ०.३० प्रतिशत घटे ।गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ९.६९, अपरहेवाखोलाको ९.१४, लक्ष्मी लघुवित्तको ८.२१ तथा उपकार लघुवित्तको ८.१ प्रतिशत मूल्य बढ्यो । बाराही हाइड्रोपावरको ८.३५, भूगोल इनर्जीको ५.७८ तथा दिव्यश्वरी हाइड्रोपावरको ४.१२ प्रतिशत मूल्य घट्यो ।
१५८ कम्पनीको सेयर मूल्य घटेको छ भने पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।










