सुनको मूल्य बढ्यो, कतिमा हूदैंछ कारोबार ?



काठमाडौं । स्थानिय बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार ८०० रुपैयाँ कायम छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १२, २०८१ सोमबार  ११ : ३१ बजे