काठमाडौं । स्थानिय बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर छ ।
आज सुनचाँदीको मूल्य शुक्रबार तोकिएकै मूल्य कायम भएको हो ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको सूनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










