सोमबार सुनचाँदीको मूल्य स्थिर



काठमाडौं । स्थानिय बजारमा सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर छ ।

शुक्रबारदेखि सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदी पनि शुक्रबारदेखि एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार  ११ : २४ बजे