काठमाडौं । कुमारी बैंकका ग्राहकले काठमाडौंको बालुवाटारस्थि टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिमा विशेष छुट पाउने भएका छन्।
टेस्ला डायग्नोस्टिक क्लिनिकका विभिन्न सेवाहरुमा कुमारी बैंकका ग्राहकहरुले ५ देखि १० प्रतिशतसम्म छुट हुनेगरि सम्झौता भएको बैंकले जनाएको छ।
कुमारी बैंकले देशभर रहेका आफ्ना ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकहरुलाई अत्याधुनिक र प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकले जनाएको छ।










