सोमबार सेयर बजार १३.६१ अंकले घटेर २८७६ विन्दूमा



काठमाडौँ । सोमबार सेयर बजार २९ सय नाघेर झरेको छ। कारोबार सुरु भएको ४ मिनेटमै २९२९ अंकसम्म पुगेको बजारमा केही उतारचढाव देखियो। १ स: ०६ बजेपछि बजारले २९ सयको विन्दु नै सकेन। अन्ततः बजार अघिल्लो दिनको तुलनामा १३.६१ अंक घटेको छ।

बजार बन्द हुँदा नेप्से परिसूचक २८७६ अंकमा कायम भएको छ। फागुन १ पछि लगातार बढेको बजारमा त्यसयता पहिलो पटक करेक्सन देखिएको हो।

बजार घट्दा कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो दिन १४ अर्ब २५ करोडको कारोबार भएकोमा आज १४ अर्ब २८ करोडको भयो।

५१ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने ६ को स्थिर रह्यो। गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो। समाज लघुवित्तको मूल्य १० प्रतिशत घट्यो।

हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ३८ करोडको कारोबार भयो। त्यसपछि कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, एचआईडीसीएल प्रमोटर र सिन्धु विकास बैंक क्रमशः अगाडि रहे।

प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार  ४ : ०७ बजे