सोमबार २०.६८ अंकले घट्यो सेयर बजार, आठ अर्ब ३७ करोडको कारोबार



काठमाडौं । सोमबार सेयर बजार (नेप्से) २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ४६.३३ अंकले घटेको थियो ।

यस दिन आठ अर्ब ३७ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बैंकिङ ०.४४, विकास बैंक ०.७३, फाइनान्स ०.७०, होटल तथा पर्यटन ०.९९, हाइड्रोपावर १.१६, लगानी १.५१, जीवन बीमा ०.४१, उत्पादन १.१५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.६८ र व्यापार सेक्टर १.६५ प्रतिशत घटेयो । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ८.७३, विन नेपाल लघुवित्तको ८.५३, स्वाभिमान लघुवित्तको ३.०२ तथा ग्रिन डेभलपमेन्टको २.५६ प्रतिशत बढ्यो । उपकार लघुवित्तको ६.९८, सिक्लेस हाइड्रोपावरको ५.८६, उन्नति सहकार्य लघुवित्तको ४.६२ प्रतिशत मूल्य घट्यो ।

यस दिन ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९१ कम्पनीको सेयर मूल्य घटेको छ र आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २६, २०८१ सोमबार  ३ : ४४ बजे