काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) ३२.२१ अंकले घटेर बन्द भएको छ । आज नेप्से १.१७ प्रतिशतले घटेर २,७१९.२० विन्दुमा बन्द पूगेको हो ।
यस दिन आठ अर्ब ३९ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ ०.७१, फाइनान्स १.५७, होटल तथा पर्यटन १.१३, हाइड्रोपावर १.५१, लगानी १.८९, जीवन बीमा १.३०, उत्पादन २.४९, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा ०.९९, अन्य १.६८ र व्यापार १.७९ प्रतिशत घटे । महालक्ष्मी विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ८.८, ज्योति विकास बैंकको ३.३५ तथा सप्तकोशी विकास बैंकको् ३.११ प्रतिशत मूल्य बढ्यो ।
आज ३२ कम्पनीको सेयरमूल्य बढेको छ भने २०९ कम्पनीको सेयरमूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














