सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा आज(आइतबार) सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार सुन तोलाको एक लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार चाँदीको मुल्य १५ रुपैयाँले बढेर तोलामा दुई हजार १६५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति : असार १, २०८२ आईतबार  १० : ५८ बजे