विवादित अडियो सार्वजनिक भएपछि खगेन्द्र सुनारले भने- छानबिन गर्न पार्टी र सरकारलाई सघाउन तयार छु



काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् ।

एक महिलालाई धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि मंगलबार एक भिडियो जारी गर्दै उनले यस्तो बताएका हुन् ।

संसद्को सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीभित्रको अनियमितता र भ्रष्टाचारविरुद्ध प्रश्न उठाएका कारण आफूलाई विभिन्न आरोप लगाएर घेराबन्दी गरिएको सुनारको जिकिर छ। प्रहरीभित्रको बदमासीविरुद्ध आवाज उठाएदेखि नै प्रहरी नेतृत्वले धम्क्याउने काम गरेको उनले गम्भीर आरोप लगाएका छन्।

उनले आफूविरुद्ध उठेका प्रश्न र आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन् । उनले भने, ‘ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु । भ्रष्टाचार विरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु । यस्ता खालका भ्रममा नपर्न म आम नागरिकहरूलाई अपिल गर्न चाहन्छु । र, ममाथि हुने छानबिनको लागि म सबैलाई सघाउन तयार छु ।’

प्रकाशित मिति : आश्विन २७, २०८३ मंगलबार  १ : ३५ बजे