काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग जानकारी लिदै देशको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन दिएका छन्।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा। मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग चाडपर्वका बेला नागरिक सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको अवस्थाबारे ब्रिफिङ लिएका हुन्।
सो अवसरमा उनले देशको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन तथा शान्ति–सुरक्षाको व्यवस्था थप चुस्तदुरुस्त बनाउन सम्बन्धित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।










