यातायातका प्रमुखसहित ११ कर्मचारीलाई लाइसेन्समा अनियमितता गरेको आरोपमा जेल सजाय



काठमाडौं पुस, २२–
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ ।

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सबै कर्मचारीलाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय सुनाएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रकाशित मिति : पुस २२, २०७५ आईतबार  १ : ३२ बजे