सामाजिक सञ्जालमार्फत नागरिकको व्यापक साथ पाउदै टुटल र पठाओ



काठमाडौ –

दुईपाङ्ग्रे टुयाक्सी भनेर चिनिन थालेका टुटल र पठाओ कम्पनीलाई ट्राफिक कार्यालयले कारबाही थालेपछि त्यसको बिरोधमा व्यापक जनदवाव देखिएको छ । मोटरसाईकलमा यात्रुलाई सस्तो, भरपर्दो र सुरक्षित सेवा दिँदै आएका उक्त कम्पनी अवैध भएको भन्दै कार्बाही थालेपछि सामाजिक सञ्जालमा दुबै कम्पनीमा व्यापक साथ मिलेको छ ।

यसमा यात्रुले टुटल एप चलाएर आफू जाने गन्तव्यको सूचना दिन्छ। नजिक रहेका कोही मोटरसाइकल चालकले यात्रुलाई भनेको ठाउँसम्म पुर्याइदिन्छ। भाडादर पहिल्यै तोकिएको हुनाले यात्रु ठगिने डर हुन्न त्यसैले यो सेवाअ लोकप्रिय बन्दै गैरहेको थियो ।

भरपर्दो सार्वजनिक यातायात नभएको र ट्याक्सी ठगीबाट आजित जनता टुटल र पठाओबाट लाभान्वित थिए। यही कारण अहिले कार्बाही गर्ने ट्राफिक कार्यालय र सम्बन्धित निकायको सामाजिक सञ्जालमा खुबै विरोध भइरहेको छ। आइएमविथटुटल ट्रेन्ड पनि सुरू भइसकेको छ। टुटलको समर्थन गर्दै चर्चित व्यक्तिहरुले समेत सामाजिक सञ्जालमा लेखिरहेका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई देखि अन्य चर्चित व्यक्तिहरुले समेत यस विषयमा खुलेरै सर्पोट गर्दै पोष्ट गरिरहेका छन् ।

प्रकाशित मिति : माघ २, २०७५ बुधबार  १ : ४९ बजे