काठ्माण्डौ-
डा. गोविन्द केसीले उठाएका मागहरुलाई समर्थन गर्दै काठ्माण्डौको आज माइतीघर मण्डलामा प्रदर्शन भएको छ । प्रदर्शनकारिहरुले डा. केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग पूरा गर्न सरकारसँग माग गरेका छन ।
सरकारले आफैंले गरेको सम्झौताविपरीत चिकित्सा शिक्षा ऐन ल्याएको भन्दै हिजो सम्सदबाट पारित गरेको बिधएकको बिपक्षमा देशैभर प्रदर्शन भइरहेका छन । नेकपाका सांसद माफियासँग गदगद, जनताको स्वास्थ्यमा खेलवाड गर्न पाइदैन , माफियामुखी चिकित्सा शिक्षा ऐन चाहिँदैन भन्ने नारा सहित जुलुशमा सहभागिहरुले प्रदर्शन गरेका छन ।
सरकारले सम्सदबाट जबर्जस्ती चिकित्सा शिक्षा बिधेयक पारित गरेपछी पनि प्राधानमन्त्री केपि ओलिको राजिनामा माग गर्दै डा. केसी अनसन बसिरहेका छन ।उनको स्वास्थ्य अवस्थालाई लिएर देशैभरिबाट चिन्ता ब्यक्त गरिदै आएको छ ।
‘










