सहमतिपछि पेट्रोलियम पदार्थको ढुवानी सुरु, पेट्रोलको अभाव तत्काल हट्ने

काठमाडौं । सात बुँदे माग राखेर हडतालमा उत्रिएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका माग सरकारले १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा संघ र सरकारबीच उक्त सहमती भएको हो । सोही क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका(वाणिज्य तथा आपूर्ति) सचिव दिनेश कुमार घिमिरेले समस्याहरुलाई आपसी समझदारीमा समाधान गर्दै…