काठमाडौं । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ‘नेपालको आर्थिक अवस्था र भावी बजेट’ विषयमा एक वेबिनार आयोजना गरेको छ । नेपालको समय अनुसार शनिबार बिहान आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, अर्थशास्त्री, प्राध्यापक, विद्यार्थी, स्थानीय निकायका जनप्रतिनिधिलगायत पत्रकारहरूको सहभागिता रहेको थियो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष अर्थशास्त्री डा.विश्व पौडेलले नेपालको अर्थब्यवस्थाको वर्तमान अवस्था तथा भावी दिनमा…