राष्ट्रीय गौरबको भेरी-बबई आयोजनाको मुआब्जा बहिष्कार गर्ने स्थानियको चेतावनी

  भदौ ४, सुर्खेत - राष्ट्रिय गौरवको भेरी(बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा निर्धारणप्रति असन्तुष्टि जनाएका छन् । सरकारले चल्तीको दरभन्दा निकै कम मूल्य तोकेको भन्दै नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् । गत साउन २९ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकले प्रतिकठ्ठा न्यूनतम ४ लाख ५० हजारदेखि १० लाख रुपैयाँसम्म तोकेको थियो…