२८ कात्तिक काठमाडौँ ।महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा सिद्धार्थ साहित्य परिषद्ले शनिबार भैरहवामा वरिष्ठ साहित्यकार प्राध्यापक डा चुडामणि रेग्मी ‘बन्धु’ सहित विभिन्न विधामा योगदान दिएका व्यक्तित्वलाई सम्मान गरिएको गरियो । लुम्बिनी प्रदेशको जेठो साहित्यिक संस्था मानिएको उक्त परिषद्ले प्रा डा बन्धुलाई ‘सुकदेव सुकमाया लामिछाने बाल साहित्यकार पुरस्कार २०७७’ प्रदान गरेकोे हो । उहाँले विसं…