गण्डकी प्रदेश सरकारले ल्याउन लागेको गण्डकी प्रज्ञा प्रतिष्ठान विधेयकमाथिको छलफल एवं अन्तरक्रियामा वक्ताले प्रतिष्ठान स्वायत्त बन्नुपर्नेमा जोड दिएका छन् । सयपत्री समाज कास्कीद्वारा आज यहाँ आयोजित अन्तरक्रियाका वक्ताहरूले प्रस्तावित विधेयक हेर्दा प्रतिष्ठान स्वायत्त बन्न नसक्ने देखिएको बताउँदै थुप्रै संशोधनपछि मात्र संसदबाट पास हुनुपर्नेमा जोड दिए । विधेयकको अध्ययनपत्र प्रस्तुत गर्दै प्रा डा विष्णुप्रसाद पौडेलले विधेयकमा…