फ्राइडे रिलिज अन्तरगत आज चलचित्र ‘साङ्लो’ र ‘सेल्फी किङ’ रिलिज भएका छन् । ‘साङ्लो’लाई नायक विराज भट्टले निर्देशन गरेका हुन् भने र ‘सेल्फी किङ’लाई नव निर्देशक विशाल सापकोटाले निर्देशन गरेका हुन् । पहाडी परिवेशको सुख, दुःखसँगै सहरभित्रको होडबाजी, सहरमा सफल हुन मान्छेले गर्ने तिकडमको कथा चलचित्र ‘साङ्लो’मा छ । सहरमा एकले अर्कालाई कुल्चिएर हिँड्ने, ठूलाले…