चलचित्र उधोगमा कोरोनाको असार : ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित

आउँदो शुक्रबार अर्थात फागुन ३० गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित गरिएको छ। शुक्रबार निर्माण टिमले एक सूचना जारी गर्दै चलचित्रको प्रदर्शन स्थगित गरिएको जनाएको हो। कोरोना भाइरसका कारण सरकारले भीडभाडमा नजान, धेरै मानिसको भेला हुने कार्यक्रम नगर्न आग्रह गरिरहेको अवस्थामा आम जनमानसको स्वास्थ्यलाई ध्यानमा राख्दै ‘म यस्तो गीत…