काठमाडौं नेपाली कथानक चलचित्र ‘इन्काउन्टर’को गीत ‘बारूली बारूली’ सार्वजनिक गरिएको छ । काठमाडौंको अनामनगरस्थित पाना क्याफेमा बिहीबार आयोजित समारोहमा आइटम गीत बारूली बारूली सार्वजनिक गरिएको हो । गीत ओएसआर डिजिटलबाट वल्र्डवाइड रिलिज गरिएको छ । समारोहमा प्रमुख अतिथि अग्रज पत्रकार ऋषि धमलाले औपचारिक रूपमा गीत रिलिज गरेका हुन् । कार्यक्रममा पत्रकार धमलाले भ्रष्टाचारीहरूलाई कानूनी दायरामाल्याउन…