काठमाडौं- घरको अगाडि भव्य द्वार बनाइएको थियो। गेटबाट छिरेपछि एउटा सानो खरको छानोसितको घर पुगिन्थ्यो। घरलाई झिलीमिलीले बत्तीले सिङ्गारिको थियो। छानामा दुई वटा फर्सी राखिएका थिए। फर्सीको छेउमै कुखुराको भाले बसेको देखिन्थ्यो।आँगनी रङ्गोलीले सजिएको थियो। घरको पछाडिपट्टि मकैको सिल राखिएको थियो। नजीकै सेतो हिमाल टलक्क टल्किएको थियो। मजेरीमा गुद्री बिछ्याइएको थियो। घरलाई वरिपरि फूलले सजाइएको…