चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि

काठ्माण्डौ- नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको राष्ट्रिय सम्मानकासाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनको लागि सोमबार मध्यान्ह १२:३० बजेदेखि १:३० बजेसम्म चलचित्र विकास बोर्डको प्रांगणमा राखिएको थियो। त्यसपछि पशुपतिमा दाहसंस्कार गरिएको हो। भट्टराईको पार्थिव शरीरलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपालको झण्डा ओढाएका थिए। भट्टराईका १५ वर्षीय…