स्याङ्जास्थित वालिङ नगरपालिकाले विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा बस्नैपर्ने निर्णय गरेको छ। शनिबार बसेको सर्वदलीय बैठकमा संक्रमण फैलिएका देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा बस्न बाध्यकारी बनाउने निर्णय भएकाे हो। क्वारेन्टाइनमा बस्न इन्कार गरेर होटेलमा बस्न इच्छा राखे होटललाई नै क्वारेन्टाइनमा रुपान्तरण गर्ने निर्णय पनि गरिएको छ। चिकित्सकलाई आवश्यकपर्ने सुरक्षा कवच सामग्री (पिपिई) बनाउने जिम्मेवारी नगरपालिकालाई दिएको छ। कोरोना भाइरस…