काठमाडौं असार, १७– भारत र चीनसँग व्यापारिक कारोबार हुने आठ भन्सार विन्दुमा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण हुने भएको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी भारत र चीन जोड्ने प्रमुख व्यापारिक नाकामा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको हो। भारतसहित तेस्रो मुलुकबाट आयात हुने तरकारी…