सबै नागरिकका लागि छ करोड खोप आउँदैछ: मन्त्री खतिवडा

३ मंसिर काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अब देशका कुनै पनि नागरिकले कोभिड–१९ विरुद्ध खोपबाट वञ्चित हुन नपर्ने गरी खोप ल्याउन लागेको बताउनुभएको छ । आज मध्यपुरथिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको दुईदिने राष्ट्रिय भेलामा उहाँले सरकारले छ करोड खोपको सुनिश्चितता गरेको बताउनुभयो । मन्त्री खतिवडाले भन्नुभयो, “करिब एक करोड डोज…