भारतीय अर्बपति गौतम अदानीमाथि अमेरिकामा जालसाजीको अभियोग दर्ता

काठमाडौं ।भारतीय अर्बपति गौतम अदानीलाई अमेरिकामा जालसाजीको अभियोग लगाइएको छ। उनीमाथि २५ करोड अमेरिकी डलर बराबरको घूस दिने योजना बनाएको र अमेरिकामा रकम उठाउने क्रममा उक्त मामिला लुकाएको आरोप लागेको हो। न्यूयोर्कमा उनीविरुद्ध बुधवार त्यससम्बन्धी आपराधिक मामिलामा अभियोगपत्रहरू दर्ता भएका छन्।भारतका सबैभन्दा धनी व्यक्तिमध्येका एक ६२ वर्षे अदानीमाथि लागेको यो पछिल्लो गम्भीर आरोप हो। उनीविरुद्धको…