काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरुले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पारेका छन् । बुधवार बुद्धिजीविहरुसँगको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले केही नेताहरुले आफू सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको छ भन्ने आरोप लगाएको भन्दै आफूहरुलाई सभापति बन्ने चाहना नरहेको दाबि गरे। थापाले सभापति बन्ने चाहना…