गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन

पहिरोका कारण मङ्गलबारदेखि अवरुद्ध भएको गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन भएको छ । सानाठूला २५ भन्दा बढी स्थानमा गएको पहिरो गएराति अबेरसम्म हटाउने काम सकिएपछि आज बिहानैदेखि सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो । सडकमा खसेका पहिरो बुधबार दिनभर मेसिन लगाएर हटाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “साना–ठूला गरेर २०२५…