काठमाडौं फागुन, १३– ट्राफिक प्रहरीले जथाभावीरूपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही गरेको हो। महाशाखाले आइतबारमात्र १७१ सवारीसाधनलाई कारबाही गरेको छ। ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास…