काठमाडौं माघ, २५– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित विशेष समारोहमा उनले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराईन् । राष्ट्रपतिले इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई…