सरकारविरुद्ध नेविसंघको आन्दोलन थप आक्रामक बन्दै, मुख्यमन्त्रीको गाडीमा लेखियो ‘माफिया सरकार मुर्दावाद’

काठमाडौं माघ, १८– नेपाली कांग्रेसको भातृसंस्था नेविसंघका कार्यकर्ताले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाडीमा ‘माफिया सरकार मुर्दावाद’ लेखेका छन्। उनीहरूले बिहीबार दिउँसो वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको एक कार्यक्रममा सहभागी हुन गएका मुख्यमन्त्रीको पार्किङ गरिएको गाडीमा यस्तो लेखेका हुन्। नेविसंघका केन्द्रीय सदस्य अनिल शाहीका अनुसार सरकारलाई दबाबस्वरुप मुख्यमन्त्रीको गाडीमा यस्तो लेखिएको हो । ‘चिकित्सा शिक्षा विधेयक तोडमोड…